दफा
सुविधा तथा सहुलियत

६. सुविधा तथा सहुलियत

६.१ विदेशी लगानीमा स्थापना भएका उद्योगलाई औद्योगिक व्यवसाय ऐनले प्रदान गरेको सुविधा एवं सहुलियतका अतिरिक्त देहायबमोजिमको सुविधा प्रदान गरिनेछ–
६.१.१ विदेशी ऋणमा आर्जित ब्याजमा १५ प्रतिशत आयकर लगाइनेछ ।
६.१.२ रोयल्टी, प्राविधिक एवं व्यवस्थापन शुल्कमा १५ प्रतिशत आयकर लगाइनेछ ।
६.१.३ निकासीबाट आर्जन गरेको आयमा आयकर लगाइने छैन ।
६.१.४ आयकर लगायत अन्य सुविधा एवं सहुलियतका हकमा विदेशी लगानीमा स्थापित उद्योगहरूलाई पनि औद्योगिक व्यवसाय ऐन अन्तर्गत विदेशी लगानीमा स्थापना गरिएका उद्योगहरूलाई प्रदान गरिए बमोजिम सहुलियत प्रदान गरिनेछ ।